
असोज १६ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम असोज १३ गते बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार असोज १६ गते राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपतिले उक्त निर्णय गरेको उल्लेख छ।


