
असार मसान्तसम्मको दाबी लिन आईजीआई प्रुडेन्सियलको आह्वान



ठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बीमितहरूको गत असार मसान्तसम्म क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन कम्पनीले आह्वान गरेको छ।
विभिन्न मितिमा परेका दाबीहरूमा सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएकाले दाबी प्रक्रिया अघि बढाउन नसकिएको कम्पनीले जानकारी दिएको छ। तसर्थ आगामी २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
तोकिएको समयावधिभित्र पनि आवश्यक कागजात सहित सम्पर्कमा नआएमा त्यस्तो बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

