
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ४ हजार ४०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९० रुपैयाँ रहेको थियो ।


