
निवर्तमान सञ्चारमनत्री खरेलले दिए ललितपुर–२ बाट उम्मेदवारी



काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् । उनको स्थायी घर भने दोलखा हो ।


