
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेसेन्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ३२ औँ साधारणसभा आज सम्पन्न भएको हो ।
सभाले कम्पनीको कुल चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको कुल चुक्ता पुँजी २ अबै ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशत हुन आउने २० करोड १२ हजार ५९२ रुपैयाँ लाभांश वितरण गर्नेछ । त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन सम्बन्धि प्रस्ताव पनि पारित गरेको छ ।
सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बूक क्लोज गरिसकेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनी लाभांश पाउने छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन तथा सबै सरोकारवालाहरूको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरि कम्पनीको ३२ औं साधारण सभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बावजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताइन् । साथै, उनले कम्पनीको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले भविष्यमा पनि दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।
विषम परिस्थितिमा समेत ८ प्रतिशत नगद लाभांस प्रदान गरेकोमा अधिकांश सेयरधनीहरुले खुशी व्यक्त गर्दै साधारणसभामा सेयरधनीहरुका तर्फबाट लबराज जोशी, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ, चन्द्र नारायण श्रेष्ठ लगायतका सेयरधनी महानुभावहरुले आफ्नो मन्तव्य राखेका थिए ।


