
सुनकाे भाउ सामान्य घट्याे, चाँदीमा फेरी नयाँ किर्तिमान



काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनको मूल्य सोमबार सामान्य घटेको छ । हिजो एकैदिन १३०० रूपैयाँले बढेको सुन आज ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रूपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्य घटे पनि चाँदीले भने नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको हो ।
हिजो तोलामा ४ हजार सय ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८ सय ९५ रूपैयाँ पुगेको छ ।

