
कोशी प्रदेशमा बीमाको दायरा विस्तार तथा ई-रिक्सा बीमाका सम्बन्धमा महत्त्वपूर्ण छलफल



काठमाडौं । आज मिति २०८२/०९/०४ गते नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री रेवती रमण भण्डारीसँग भेटवार्ता गरे। प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोटाको सहभागिता थियो।
यस भेटवार्तामा समसामयिक बीमा सम्बन्धी गतिविधि तथा कोशी प्रदेशमा ई-रिक्साको बीमा का सम्भावनाबारे विस्तृत छलफल भयो।
नेपाल बीमा प्राधिकरणले नेपाल सरकार तथा कोशी प्रदेश मन्त्रालयसँग सबै पक्षमा सार्थक सहकार्य गर्न तत्पर रहेको कुरा यस अवसरमा व्यक्त गरीयो ।

