
सिवाईसी नेपाल लघुवित्तले १३.४३ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ।
संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत, जसमा १३.७६ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशतले हुन आउने १७ लाख ८९ हजार १५७ रुपैयाँबराबरको नगद लाभांश आफ्ना शेयरधनीहरुलाई बाड्नेछ
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

