
ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) समेत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

