
जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद कति ?



काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७३६८ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत अर्थात १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्नेछ।
मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

