
सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १३० रुपैयाँले बढेको छ । आज सुन तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँ रहेको थियो ।

