
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो नगद लाभांश घोषणा



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने २८औं वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।

