
तरलता व्यवस्थाका लागि बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ । अधिक तरलताको रकम व्यवस्थापनका लागि बुधबार केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो ।
यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ४२ दिने निक्षेप संकलन उपकरणको आउँदो वर्ष आउँदो पुस २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

