
सुनकोसी–मरिन आयोजनाको ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य
काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।
आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन् ।
आयोजनाको ठेक्का नम्बर एसएमडीएमपी/आरबी/सिभिल–एचएम/आईसीबी–०२/२०८२–८३ अन्तर्गतको उक्त निर्माण कार्यका लागि योग्य ठहरिएका तीनै बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।


