
बीमाको इतिहास ६ दशक नजिक पुगेको बेलामा, अर्थद्धारा सरकारी संरचनाको बीमा आरम्भ



काठमाडौं । नेपाली बीमा क्षेत्रको इतिहासक करिब ६ दशक नजिक पुगेको छ । यस्तो बेलामा अहिले पनि बीमा चेतनामा निकै कमी छ भन्दा खासै फरक नपर्ला ।
त्यसमा पनि बीमा कम्पनीहरुलाई संचालन इजाजत अनुमति पत्र दिने सरकारी निकायहरुले नै बीमालाई त्यति धेरै जोडकातोड (प्रायोरिटि) मा राखेको पाइदैन ।
यस्तो बेलामा अर्थ मन्त्रालयले अहिले भने आफ्नो मातहतमा रहेका २० सवारीसाधनको फूल इन्स्योरेन्स गरेको छ। तेस्रो पक्ष बीमा भने केही वर्ष अघिको बजेट वक्तव्यबाटै अनिवार्य गराइसकेको अवस्था छ ।
यता, मन्त्रिपरिषद्को ५ असोजको निर्णयले नै फूल इन्स्योरेन्सलाई मान्यता दिएको बेलामा भवितव्य पर्दा अधिकांश खर्चहरु बीमाले नै बहन गर्ने अवस्था सिर्जना भएको हो ।
अहिलेसम्म पनि नेपालमा कतिपय ठूला दूर्घटना र प्राकृतिक विपत्तीमा समेत सरकारले केही काटुन चाउचाउ, केही किलो चामल, प्याकेटका तेल बाढ्ने गरेको अवस्था छ । जबकी बीमाशुल्क बुझाए पनि बीमितले भने बीमा कम्पनीबाट करिब ४ हजार रुपैयाँ तिरेर १ करोड रुपैयाँसम्मको घरको बीमा एक वर्षे अवधिका लागि गर्न सक्ने बीमा कम्पनीहरु सुनाउँछन् ।
यस्तो बेलामा निर्जीवन बीमा तर्फको केही बीमामा सरकारले अहिले भने केही नयाँ कदम चालेको अवस्था छ ।

