
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।
निवेदन काठमाडौंको सुन्धारास्थित बाघ दरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको शेयर विभागमा बुझाउनु पर्नेछ।


