
बैंकहरुले आर्जन गरे १३ अर्ब १४ करोड रुपैयाँ

काठमाडौं । यसपालिको (चालु आर्थिक वर्षको) पहिलो त्रैमासको अन्त्यमा वाणिज्य बैंकहरुको खुद नाफा सवा १३ अर्ब रुपैयाँ देखिएको छ । उनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा सो नतिजा देखिएको हो ।
यता, गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँबराबर रहेको वाणिज्य बैंकको नाफा यसपालि घटेको देखिन्छ । त्यसरी नाफा घटेर १३ अर्ब १४ करोड ९६ लाखमा खुम्चिएको हो।
यसपालिको पहिलो तीन महिनामा कृषि विकास बैंकको नाफामा ९७ प्रतिशतले गिरावट आएको छ । सोही बेलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले गिरावट आएको हो।
सोही यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको बेलामा उसको नाफा २९५.७० प्रतिशत बढ्न सफल भएको छ।
त्यसरी नै पहिलो त्रैमासमा ५ वटा वाणिज्य बैंकको नाफा बढेको बेलामा अन्य १५ बैंकको नाफा ह्वात्तै घटेको तथ्यांकमा देखिन्छ ।


