
गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा प्रगती

काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १.१९ प्रतिशतले बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ करोड २३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३५ करोड ७६ लाख रुपैयाँ पुराएको हो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा समेत ४.७३ प्रतिशत रहेको हो ।
यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १७.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।


