
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ।
यी निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुने बैंकले जानकारी दिएको छ।


