
तराईका विभिन्न स्थानमा छठको घाट बनाउन सुरु

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड विजया दशमीसँगै दिपावली समेत सक्किएको अवस्था छ । यस्तो बेलामा अर्को ठूलो चाड छठ बाँकी नै छ ।
मुख्य गरेर तराई भेगमा मनाइने छठ पर्व पछिल्लो समय राजधानी काठमाडौं लगायत देशका विभिन्न पहाडी जिल्लाहरुमा समेत बनाइने गरेको छ । यसरी तिहार सक्किएकै भोलिपल्टबाट तराईमा छठ पर्वको तयारी सुरु भएको हो ।

कतिपय नागरिकहरुकाले दशैं तिहार जस्तै, फागु पुर्णीमा र छठ पर्वलाई निकै महत्वका साथ मनाउने गर्छन् ।
अस्ताउदो सूर्यलाई अर्घ दिने, एवम् ठेकुवा, मिठाई लगायतका परिकार प्रसादको रुपमा ग्रहण गर्ने यस पर्वमा आफ्नो सन्तान प्राप्तीदेखि उनीहरुको दीर्घ जीवनको समेत कामना गरिने परम्पदा रहदै आएको छ ।
तराईका कतिपय स्थानमा छठलाई लक्षित गरेर दक्षिणा रकम उठाउनेदेखि छठको घाटदेखि आफ्नो घरको पूजास्थलसम्म व्यक्तीहरु लम्पसार गरेर सुत्दै, उठ्दै आफन्ै शरिरले हातको वित्ताले नापेको जसरी खोलाबाट घर पुग्ने यसपर्वलाई नजिकबाट नियाल्नेहरु सुनाउँछन् ।



