
उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर : अध्यक्ष अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकमा उद्योगी तथा व्यवसायीहरुको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट सुरु भएको नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीको मनोबल इतिहासमै कमजोर बनेको बताए । उनका अनुसार, सरकारले बजेटमा लिएको लक्ष्य कार्यान्वयनमा कमजोर देखिएको छ । उनले मुलुकको अर्थतन्त्रको रिइन्जिनियरिङ गर्नुपर्ने आवश्यकता रहेको बताए ।

