


मधेश प्रदेशमा भोली जीवन बीमा अभिकर्ताको परिक्षा हुँदै




काठमाडौं । भोली अर्थात सोमबार जीवन बीमा अभिकर्ताहरुको परिक्षा हुनेछ । त्यस्तो परिक्षा आगामी सोमबार मधेश प्रदेश कार्यालय विरगंजले लिने जनाइएको हो ।
यता, सोही सूचनालाई नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंको वेभ साइटमा समेत राखिएको बेलामा सो परिक्षा दिनको १ बजेदेखि साढे २ बजेसम्म अनलाईन प्रणालीबाट आउने सोमबारको दिन लिइने भएको हो।
साथै, जीवन बीमा कम्पनीका फ्रन्ट डोर मानिने बीमा क्षेत्रका अभिन्न हिस्सा बन्दै आएका बीमा अभिकर्ताहरुको परिक्षा प्रणाली, उनीहरुले प्राप्त गर्ने दक्षता र त्यसबाट नागरिकले पाउने लाभले समेत समग्र बीमा क्षेत्रको वास्तविक धरातलमा प्रष्ट पार्ने भएकाले पनि परिक्षा प्रणालीलाई थप चुस्त र पादर्शी बनाउँनु पर्ने मागहरु चौतर्फी रुपमा उठ्ने गरेका छन् ।