


आर्थिक क्षेत्रमा नयाँ नेत्तृत्व आए पनि नेप्से परिसूचकको गिरावट कायमै, देखियो बुमब्य्रांग इफेक्ट




काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकले ठूलो हलचल मच्चाएको छ । सेयर बजारमा लगानी गर्ने ठूला खेलाडी लगानीकर्तादेखि दुखजिलो गरेर छाक टार्ने आम लगानीकर्तालाई समेत बजारले झस्काएको हो ।
हुन त विज्ञहरुले सेयर बजारको घटबढलाई एउटा साइकल, चक्रको रुपमा व्याख्या गर्ने गर्छन् । व्याख्या एक ठाउँमा छोडेर हिजो हालेको पैसा आज केही बढ्ला भन्ने आशा पालेको बजारमा शेयर बजारले अप्रत्याशित हर्कत देखाएको बुझिन्छ ।
आज नेप्से परिसूचक ७८.८३ अंकले घट्दा २५०३.३५ बिन्दु पुगेको छ। त्यसरी सेयर कारोबारको सुरुवाती चरणबाटै गिरावटको संकेत दिएको बजारले नेप्स्ेका सबै समूहका उपसूचकहरुमा लाल रंग छरेको अवस्था छ।
यस्तो बेलामा नेप्सेमा ३ सय २४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६२८ कित्ता सेयर हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ बराबरको कारोबार भयो।
यस्तो बेलामा ९ कम्पनीको मूल्य बढे पनि २ सय ४२ कम्पनीको सेयर मूल्य घटेको हो ।
बुम्ब्रांग इफेक्ट भनेको के हो ?
यस्तो इफेक्ट कुनै पनि बेलामा अप्रत्याशित रुपमा भुँईचालोको शैलीमा आउने एक किसिमको इफेक्ट हो । यो पत्रकारीता विषयको मास्टर्स डिग्रीमा समेत बडो महत्वका साथ पढाइने गर्छ । जसले समाजमा कुनै पनि बेलामा जस्तो सुकै इफेक्ट देखिने लगायतको बारेमा समेत व्याख्या गर्छ ।