


३ हजारले बढ्यो सुनको मूल्य




काठमाडौं । साताको पहिलो दिनआइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्न पुगेको छ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको हो।
यस अघि शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँले बढेको अवस्था छ ।
साताको पहिलो दिन चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको हो ।