


मधेश प्रदेशमा आगामी सोमबार जीवन बीमा अभिकर्ताको परिक्षा हुँदै




काठमाडौं । आगामी सोमबार जीवन बीमा अभिकर्ताहरुको परिक्षा हुने भएको छ । त्यस्तो परिक्षा आगामी सोमबार मधेश प्रदेश कार्यालय विरगंजले लिने भएको हो ।
सोही सूचनालाई नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंको वेभ साइटमा समेत राखिएको छ । सो परिक्षा दिनको १ बजेदेखि साढे २ बजेसम्म अनलाईन प्रणालीबाट आउने सोमबारको दिन लिइने छ ।
जीवन बीमा कम्पनीका फ्रन्ट डोर मानिने बीमा क्षेत्रका अभिन्न हिस्सा बन्दै आएका बीमा अभिकर्ताहरुको परिक्षा प्रणाली, उनीहरुले प्राप्त गर्ने दक्षता र त्यसबाट नागरिकले पाउने लाभले समेत समग्र बीमा क्षेत्रको वास्तविक धरातलमा प्रष्ट पार्ने बुझिन्छ ।