


बीमा क्षेत्रमा ‘घ’ वर्गका सर्भेयरले ‘क’ वर्गको काम गर्दै, विज्ञको सधैं अभाव




काठमाडौं । विगतदेखि बीमा क्षेत्रका सर्भेयरहरुले बीमा ऐनले आफूहरुलाई मैत्री नरहेको प्रतिक्रीया दिइ रहेको बेला सर्भेयरहरुको पारिश्रमीकमा उनीहरुकै कार्यशैलीले विभिन्न समस्या सिर्जना गरेको अवस्था छ। उनीहरुको पारिश्रमीकमा समेत एकरुपता कायम हुन नसकेको हो ।
हाल सर्भेयरको वर्ग क, ख, ग, घ गरी विभिन्न चार वर्ग तोकिएको बेलामा वैज्ञानिक रुपमा वर्गिकृत गरे पनि नयाँ नयाँ सर्भेयरहरुले ठूला ठूला जोखिम लिन अघि सर्नु पर्ने बाध्यता कायमै छ। बीमा सर्भेयरहरुले ठूला जोखिमको सर्भे गर्न चाहनुको पछाडी उनीहरुको शिक्षा, अनुभव भन्दा पनि धेरै पैसा आउँने लोभ लालच नै मुख्य हुने गरे पनि आवश्यक तालिमको अभाव हुने सर्भेयरहरु सुनाउँछन्।
एउटा विषय पढेको सर्भेयरले आफूले पढेको क्षेत्र भन्दा बाहेकका क्षेत्रमा पनि सर्भे गर्दै गर्नु पर्ने बेलामा सर्भेयरलाई आफ्नो क्षेत्र विशेषमा केन्द्रित हुनु भनेर नयाँ बीमा ऐनले त्यस्ता विकृतीको जालो रोक्न एकातर्फ सर्भेयरको वर्ग छुट्याएको छ । उनीहरुको अनुभव अनुसारको जोखिमांकनको प्रावधान ल्याएको बेलामा अन्य क्षेत्रमा जस्तै कार्य क्षमताको आधारमा सर्भेयरहरुको पारिश्रमीक निर्धारण हुने भए पनि त्यसको पालना हुन नसक्दा बीमा क्षेत्रमा भित्रभित्रै निराशा फैलिन थालेको खुलेको हो।
साथै, सर्भेयरहरुलाई खटाउने काम सर्भेयर एशोसियसन नेपालले गर्दै आएको बेलामा त्यसरी सर्भेयर खटाउदा बीमांक, दाबी भुक्तानी र भुगोलको आधारमा उनीहरुको पारिश्रमीक निर्धारण हुँदै आएको छ । पाँच वर्षमा अपग्रेड हुने व्यवस्थाले ठूलो समस्या निम्त्याएको छ । उनीहरुको उक्त अवधिको काम पनि हेर्न जरुरी हुन थालेको छ ।
विगतमा तीन सय सर्भेयर थिए भने केही समय अघि १२ सयलाई लाइसेन्स दिइएकाले हाल १५ सय हाराहारीमा सर्भेयर छन् । उनीहरुको नविकरणको आधारमा भने जम्मा १४ सय जना सर्भेयर मात्र सक्रिय रहेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । सिभिल, मोटर, तथा हिसाब किताबको अन्य काममा सर्भेयर चाहिने भएकाले अब धेरै सर्भेयरलाई बेरोजगार बस्नु पर्ने चुनौती बढ्दै गएको अवस्था छ ।
पछिल्लो समय देश व्यारी रुपमा ठूला उद्योग संरचनाहरुमा क्षती पुगेको बेलामा विज्ञ सर्भेयरहरुको समेत कमी हुन गएको केही बीमित जविद्युत कम्पनीहरुले गुनासो समेत गरेका छन् । कारण, उनीहरुको सर्भेयरमा निकै ढिलाई हुने गरेकाले सुनाएका हुन् ।