


घट्यो नेप्से परिसूचक




काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २७.८९ अंकले घटेर परिसूचक २६५४.३५ बिन्दु कायम भएको छ ।
कारोबारमा ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ५३ कम्पनीको मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ । कारोबारमा होटल बाहेक सबै समूहको उपसूचक घटेको छ । कारोबारमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, सिटी होटल, हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कारोबारमा उक्त कम्पनीको २२ करोड १३ लाख ८६ हजार ८४१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स रहेका छन् ।