
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।


