

नेपाल प्राधिकरणले दियो बीमकहरुलाई कार्यालय उपस्थित भएर कार्य सम्पादन गर्न निर्देशन




काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल प्राधिकरणले दियो बीमकहरुलाई कार्यालय उपस्थित भएर कार्य सम्पादन गर्न निर्देशन दिएको छ । पछिल्लो केही दिन यता विषम परिस्थितिबाट सेवा रोक्किएको बेलामा समेत वर्क फ्रर्म होमको प्रयास हुँदै आएको थियो ।
यता, सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो । ‘सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारबाट पूर्ण रुपमा सञ्चालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ।
प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको हो ।