

अहिले ११ बजेबाट विराटनगरमा यातायात नचल्ने




काठमाडौं । हिजो गरिएको शान्तीपूर्ण आन्दोलनमा दमन गरेसँगै जेनजी पुस्ताले विराटनगरमा यातायात सेवा ठप्प पार्ने भएका छन् । उनीहरुले अहिले ११ बजेबाट कुनै पनि सवारी चल्न नदिने भएका हुन्।
सरकारलाई सुशासनको बाटो हिड्न खबरदारीका साथै प्रतिबन्ध बनाइएका सामाजिक संजालको फुकुवाको माग गर्दै हिजो उनीहरुले आन्दोलनमा उत्रिएका थिए ।
सोही आन्दोलनमा भएको बल प्रयोगको प्रतिकार र विरोध स्वरुप उनीहरुले आज विराटनगरमा सवारी साधान चल्न नदिने निर्णय गरेका हुन् ।
यता २ जनाको ज्यान गएसँगै इटहरीमा भने कर्फु जारी छ ।