
भक्तपुरमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको अवस्था छ ।
अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको जनाएका हुन् ।


