

गृहमन्त्री लेखकद्धारा राजीनामा




काठमाडौं । सोमबार राजधानीमा हिसात्मक प्रदर्शन भएसँगै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
यता, उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सोही राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।
जेनजी समूहको आन्दोलनलाई कन्ट्रोल गर्न नसकेको आरोप उनलाई लागेको छ । साथमा देशैभरबाट सामाजिक संजाल विरुद्धको प्रदर्शन हुँदा र १९ यूवाको ज्यानजाने गरी ३ सय माथि घाइते भएको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिन बाध्य भएका हुन् ।
उनले नैतिकताको आधारमा राजिनामा दिएका हुन् ।
केस पाकेमा गृहमन्त्री सत्तामा बसेका बेलामा कलिला युवाहरु माथि ताकिताकी प्रहरी दमन भएको, बल प्रयोग गरिएको भन्दै चौतर्फी दबाब र आलोचना बढी रहेको अवस्था छ ।