

कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने




काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । उसले सेयरधनीलाई लाभांश दिने भएको हो।
यता, बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
त्यस्तै, सोही बोनसमा १० प्रतिशत करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलले पाउने जनाएको छ ।