

जेनजी आन्दोलमा हालसम्म १४ जनाले गुमाए ज्यान




काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न अस्पतालमा १४ जनाले ज्यान गुमाएका छन्।
आज आन्दोलनका क्रममा सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ तथा त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारले गरेको सामाजिक सञ्जालको विरोध तथा भ्रष्टचारको विरोधमा आन्दोलन गरेका थिए ।