

आन्दोलनका घाइतेहरुलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन




काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका युवाहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार शुल्क नलिन निर्देशन दिएको छ । उनीहरुको निःशुल्क उपचारका लागि मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन जारी गरिएको हो।
यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्नु भनेको बेलामा
मन्त्रालयले एम्बुलेन्स सेवालाई समेत प्राथमिकतामा राखेको छ ।
साथै, काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट गरिने रिफरमा सघाउन निर्देशन दिएको हो ।