
अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी

काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन्। तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
तालिबान सरकारका धेरै स्रोतहरूका अनुसार दर्जनौँ घर भग्नावशेषमुनि पुरिएका छन् र अहिले सयौँ मानिस मारिन सक्ने वा घाइते हुन सक्ने डर छ ।


