

रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग




काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले देशका विभिन्न स्थानमा रहेका ब्रान्चहरुमा ब्रान्च म्यानेजर र मार्केटिङ एक्सक्युटिभ पदमा योग्य कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार ब्रान्च म्यानेजर पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र बीमा क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव चाहिने छ ।
इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको आधिकारीक इमेललेमा भदौ १५ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।