

मेटलाइफद्वारा आफ्ना अभिकर्ताहरुलाई सम्मान गर्दै विशेष तीज कार्यक्रमको आयोजना




काठमाडौं । मेटलाइफले करिब २०० अभिकर्ताहरुको सहभागितासहित हिजो काठमाडौंमा विशेष तीज कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम विशेषगरी इन्स्योरेन्स अभिकर्ताहरुलाई सम्मान र प्रेरणा दिनमा समर्पित थियो ।
तीजको उल्लासपूर्ण वातावरणमा मेटलाइफका अभिकर्ताहरुलाई बीमा समाधानमार्फत वित्तीय सुरक्षा पुर्याउन प्रेरित गर्दै अभिकर्ताहरुलाई नयाँ ग्राहकहरूसम्म पुग्न र बीमा प्रवर्द्धन गर्न प्रोत्साहित गरिएको थियो।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठ, प्रमुख वितरण अधिकृत अरुण बस्नेत र एजेन्सी निर्देशक अनिन्द्र श्रेष्ठले संयुक्त रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्टहरूलाई सम्मान गर्नुभएको थियो।
यस क्रममा उत्कृष्ट प्रदर्शन गर्ने एजेन्सी मेनेजर, युनिट मेनेजर तथा एजेन्टहरुको योगदानलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक प्रस्तुति, गीत–संगीत र नृत्यले कार्यक्रमलाई अझै रमाइलो र उत्साहपूर्ण बनायो।सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने एजेन्टलाई “लेडी अफ द इवेन्ट” घोषणा गरी सशक्तिकरणको प्रतीकका रूपमा सम्मान गरिएको थियो।
देशभरका विभिन्न एजेन्सी कार्यलय बाटआएका एजेन्टहरूले सामूहिक रूपमा संस्कृतिको सम्मान र व्यवसायिक प्रेरणा दुवै प्राप्त गरेका थिए।