

नेपालबाट थप ८० सहित १०९० मेगावाट विद्युत भारत निर्यात




काठमाडौं । भारत सरकारले नेपालका थप दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमित दिएको छ ।
उक्त सहमितसँगै भदौ ५ गते थप ८० मेगावाट विद्युत निर्यात भएको छ । भारतले मेवा खोलाको ४८.५ मेगावाट र करुवा सेति हाइड्रो पावरबाट उत्पादन भएको ३१.०४ मेगावाट विद्युतका लागि सहमति दिएको हो ।
यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाटसहित भारतमा १०९०.९ मेगावाट निर्यात भएको छ ।
साउन २६ गते भारत सरकारले २०० मेगावाट विद्युतका लागि अनुमति दिएको थियो ।