

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर




काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ।
यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४८ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर १०८.२० रुपैयाँ र बिक्रीदर १०८.६७ रुपैयाँ तोकिएको छ।
त्यसैगरी आज एक कतारी रियालको खरीदमूल्य ३८.०९ रुपैयाँ र बिक्रीमूल्य ३८.२६ रुपैयाँ, एक थाई भाटको खरीदमूल्य ४.२७ र बिक्रीमूल्य ४.२९ रुपैयाँ र एक ओमानी रियालको खरीदमूल्य ३६०.५८ रुपैयाँ र बिक्रीमूल्य ३६२.१४ रुपैयाँ निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।