

एयर क्यानडा उडानहरू रोकिए, सरकारद्वारा कर्मचारी आन्दोलनमा हस्तक्षेप




टोरन्टो । क्यानाडाली सरकारले एयर क्यानडाका केबिन क्रू कर्मचारीहरूको आन्दोलनलाई अन्त्य गर्न कानुनी कदम चाल्दा पनि शनिबार साँझसम्म सबै उडानहरू रोकिएका छन् । यस कर्मचारी आन्दोलनका कारण सयौं उडानहरू रद्द हुँदा यात्रुहरू ठूलो समस्यामा परेका छन् ।
केबिन क्रूका करिब १० हजार कर्मचारीहले तलब विवादका कारण आन्दोलन सुरु गरेका थिए । यात्रीहरूलाई टिकट भए पनि एयरपोर्ट नजान र रद्द भएका उडानको पूर्ण फिर्ती रकम पाउन अनुरोध गरिएको छ ।
यस घटनाले क्यानाडाको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना छ ।