

लक्ष्मी सनराइज बैंकको नयाँ ब्याजदर प्रकाशित




काठमाडौं । लक्ष्मी सनराइज बैंकले आज भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा ५ प्रतिशत तोकेको छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ६.५२ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ३.५१ प्रतिशत छ ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र ब्यक्तिगततर्फ ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा ६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ ।
बैंकका अनुसार १५ वर्षसम्मको होम लोन, होम इक्विटी लोन, एजुकेशन लोन, अटो लोन, पर्सनल लोन र टर्म लोनमा ७.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज तोकिएको छ ।