
कस्तो छ देशको आर्थिक अवस्था ? (पूर्णपाठ)
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा देशको अर्थतन्त्रका बाह्य सूचकहरू उत्साहजनक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति, चालु खाता र शोधनान्तर बचतले नयाँ रेकर्ड बनाएका छन् भने मूल्यवृद्धि मुद्रास्फीतिमा समेत सामान्य चाप देखिएको छ ।
नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको छ। अमेरिकी डलरमा गणना गर्दा यस्तो आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ। चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८,३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२,१६३ पुगेको केन्द्रीय बैंकले जनाएको छ।
Loading Viewer...


