


भदौ महिनालाई ८ बैंकको ब्याजदर घट्यो




काठमाडौं । वाणिज्य बैंकहरुले आगामी भदौ महिनालाई लक्षित गरेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सोही नयाँ दर अनुसार ८ वाणिज्य बैंकको ब्याजदर घटेको बेलामा एक वाणिज्य बैंकको ब्याजदर घट्न पुगेको हो।
यता, बैंकहरुले सार्वजनिक गरेको विवरणमा बाँकी १२ वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर यथावत् देखिन्छ।
त्यसरी नै साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ५.६९ प्रतिशत विन्दुका ब्याजदर दिएका बैंकहरुले भदौ महिनामा अधिकतम औसतमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याजदर पक्का गरेका छन्।
साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेको बैंकहरुको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत विन्दुमा झरेको बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको अवस्थाछ।
साथै, साउन महिनाको तुलनामा भदौ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने साउन महिनाको तुलनामा भदौ महिनाको लागि प्रभु बैंक रहेको अवस्था छ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ भने बैंकले १.१३ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो।
प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत विन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको बेलामा साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक प्रभु बैंक चर्चामा थियो ।