
एभरेष्ट बैंक र भारतको मेदान्त अस्पतालबीच छुट सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) बीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले नयाँ दिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडा लगायत विभिन्न शहरमा रहेका मेदान्तका १३ वटा शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
यो छुट ओपिडी (डाक्टर परामर्श, ल्याब, रेडियोलोजी), आइपिडी (बेड चार्ज, ल्याब, रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ। छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले अस्पतालको बिल भुक्तानी गर्दा एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।


