

प्रभु महालक्ष्मी लाइफले पहिलो त्रैमासमा कमायो १० करोड नाफा




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा आर्जन गर्न सफल भएको छ । समिक्षा अवधिमा कम्पनीले २५.७४ प्रतिशतले नाफा आर्जन गरेको हो।
कम्पनीले यसभन्दा अघि गत आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा कमाउँन सफल भएको हो।
हाल कम्पनीको लाइफ फण्डको ४५.७७ प्रतिशतले बढेर १० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने यसअघि गत आवको प्रथम त्रैमाससम्म १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको चालु आवमा १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
अहिले कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँबाट वृद्धि भएर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको देखिन्छ। पहिलो त्रैमासमा कुल खर्च १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, यता प्रतिसेयर आम्दानी ९.३५ रुपैयाँबाट बढेर १०.६९ रुपैयाँ पुगेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।