
युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको निर्णय अनुसार गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने तयारी छ ।

