

सदाका लागि अस्ताए नेपाल लाइफका वरिष्ठ एजेन्सि म्यानेजर वली




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको निधन भएको छ । पेशागत बीमा अभिकर्ता संघ नेपालका समेत केन्द्रिय सदस्य रहेका वलीको निधन भएको हो ।
उनी तुल्सीपूर–दाङ्गबाट बीमा सेवामा आवद्ध रहदै आएका थिए । वलीको आजै कातिक २५ गते भएको निधन प्रति पेशागत बीमा अभिकर्ता संघ नेपालले समेत गहिरो समवेदना व्यक्त गर्दै विज्ञप्ती जारी गरेको छ ।
त्यस्तै, स्व.वलीप्रति श्रदान्जली व्यक्त गर्दै आगामी १३ दिनसम्म पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले आफ्ना सम्पूर्ण सांगठनिक गतिविधिहरु स्थिगित गरेको संघका अध्यक्ष गणेश अधिकारीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।