

बढ्यो कृषि विकास बैंकको नाफा




काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको कृषि विकास बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.३८ प्रतिशतले धेरै नाफा आर्जन गरेको हो ।
सोही बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको हो भने यो अवधिमा खुद ब्याज आम्दानी घटेको छ ।
बैंकको अघिल्लो आवको तुलनमा खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको, सन्चालन नाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्ष बैंकले इम्मेपेरिमेन्ट चार्ज लागि २ अर्ब ४५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा १० करोड ६२ लाख २१ हजार रहेको छ । असार मसान्तसम्म बैकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । बैंकको लाभाश दिने क्षमता १५ रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४ रुपैयाँ ९ पैसा थियो ।
खराब कर्जा घटेर बैंकको ३.२६ प्रतिशतमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा ३.९१ प्रतिशत रहेक थियो । बैंकको कुल सम्पत्ति हाल ३ खर्ब ६२ अर्ब ५० करोड २० लाख ७३ हजार पुगेको, बैकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट २७ रुपैयाँ ६३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्क २४१ रुपैयाँ ४ पैसा पुगेको हो।