

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शेरचन नियुक्त




काठमाडौं । प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा ज्योती शेरचन (गौचन) नियुक्त भएको कम्पनीले जनाएको छ। कम्पनीले उनको नियुक्ती सम्बन्धि सूचना सार्वजनिक गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी दिएको हो ।
बीमा ऐनले नै बीमकहरुलाई कम्तीमा पनि सात जना संचालकहरु नियुक्त गर्न बाटो खुल्ला गरेको छ । ऐनको सोही प्रावधानलाई नै टेकेर प्रभु महालक्ष्मी लाइफले आफ्नो स्वतन्त्र संचालकको जिम्मेवारी शेरचनलाई सुम्मिएको हो ।
रिक्त रहेको पदमा शेरचनको नियुक्ती सम्बन्धि सूचना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक (डीसीईओ) तथा कम्पनी सचिव किशोर प्रसाद लामिछानेले दिएका हुन् ।